close

आयल निगमलाई खारेज गर्न षडयन्त्र भइरहेको ओलीको आरोप

आयल निगमलाई खारेज गर्न षडयन्त्र भइरहेको ओलीको आरोप

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार निजी क्षेत्रलाई दिएर आयल निगमको खारेज गर्न खोजेको आरोप लगाएका छन् । 

 

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नेपाल आयल निगमलाई खारेज गर्ने षडयन्त्रको रुपमा निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार दिने सरकारले तयारी गरेको भन्दै आपत्ति जनाएका हुन् । 

 

निगम कसरी एकापसमा गाभिन्छ भन्ने प्रश्न गर्दै उनले आयल निगमलाई खारेज गर्न अर्बौं रुपैयाँको कारोबार भइसकेको र फेरि अर्बौंको ‘डिल’ हुन लागेको दाबी गरे ।