close

युवालाई हरियो पासपोर्ट दिएर विदेश होइन गाँजाको हरियो विरुवा दिएर गाउँ पठाइयोस् : एमाले नेता तामाङ 

युवालाई हरियो पासपोर्ट दिएर विदेश होइन गाँजाको हरियो विरुवा दिएर गाउँ पठाइयोस् : एमाले नेता तामाङ 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले नेपाली युवालाई हरियो पासपोर्ट दिएर विदेश पठाउनुको सट्टा सरकारले गाँजाको हरियो विरुवा दिएर गाउँ पठाउनुपर्ने बताएका छन् ।

 

त्यस्तै, उनले हिमाली क्षेत्रमा कस्तुरी पालन अनुमति दिन माग गरेका छन् । 

 

उनले भने, ‘नीति तथा कार्यक्रमको ९० मा वन्यजन्तु पालनको विषय उल्लेख भएको देखिन्छ । हामीले धेरै पहिलेदेखि नै वन्यजन्तुलाई व्यवसाय पालनबारे छलफल गरेको देखिन्छ । तसर्थ कस्तुरी पालनबारे कानुन बनाएर हिमाली भेगका निकुञ्जहरूको बफर जोन एरियामा युवाहरूलाई पासपोर्ट दिएर विदेश पठाउनुको सट्टा लाइसेन्स दिएर कस्तुरीपालनमा पठाउने हो भने त्यहाँ पर्यटकको विकास हुनुका साथै नेपाललाई धेरै ठूलो आर्थिक उपार्जन हुन्छ ।’

 

बिहीबार प्रतिनिधिसभामा सरकारका नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै तामाङले यस्तो बताएका हुन् । 

 

उनले वृक्षरोपण गर्दा फलफूलका विरुवा लगाउनु पर्नेमा उनले जोड दिए ।   

 

त्यस्तै, उनले सरकारले यसअघिकै सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै यसपालि सरकारले नीति तथा कार्यक्रममा कुनै पनि नयाँ कार्यक्रम समावेश नगरेको बताए ।

 

उनले भने, ‘यो नीति तथा कार्यक्रम परम्परा, दिसाहीन, परम्परा र पुनरावृत्तिबाहेक अरू केही देखिएन । अग्रगमनको कुनै गुञ्जायस छैन । नयाँपन केही छैन ।  कार्यक्रममा केही नभएकाले जनतामामा निराशा बाहेक केही देखिएन ।’