close

निजगढ विमानस्थल निर्माण स्थगित गर्न सर्वोच्चले दिएको आदेशप्रति एमाले नेता ज्ञवालीको आपत्ति

निजगढ विमानस्थल निर्माण स्थगित गर्न सर्वोच्चले दिएको आदेशप्रति एमाले नेता ज्ञवालीको आपत्ति

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी  सर्वोच्च अदालतबाट आएको फैसलालाई  दुर्भाग्यपूर्णको संज्ञा दिएका छन् । 

 

सर्वच्चले  निजगढ विमानस्थल निर्माणका लागि आदेश दिएको दिन ज्ञवालीले सामाजिक सञ्जाल ट्विट गर्दै उनले यस्तो बताएका हुन् । 

 

निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर् याएको छ ।
आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला?

— Pradeep Gyawali (@PradeepgyawaliK) May 26, 2022

निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो ।