close

तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका खाँण निर्वाचित 

तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका खाँण निर्वाचित 

Trulli
ADVERTISEMENT

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरसहित पराजित गरेका हुन् । 
  

 

तिलोत्तमामा खसेको ६४ हजार ७२० मतमध्ये कांग्रेसका खाँणले २४ हजार ३९६ मत  प्राप्त गरे । एमालेका चापागाईंले २३ हजार ६३१ मत ल्याएका छन् ।

 

उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत ल्याएका छन् ।

 

तिलोत्तमामा ०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।