close

संसद्मा पेस नीति तथा कार्यक्रमबारे के भन्छन् एमालेका नेता ?

संसद्मा पेस नीति तथा कार्यक्रमबारे के भन्छन् एमालेका नेता ?

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले सदनमा पेस गरेको नीति कार्यक्रमलाई सतही सतही भएको आरोप लगाएको छ । 

 

बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यक्रम अहिलेको वास्तविकता सम्बोधन गर्ने भन्दा पनि सतही मात्र भएको भनी सरकार ल्याएको  नीति तथा कार्यक्रमबारे चिरफार गर्न निर्देशन दिए । 

 

त्यस्तै, नेता भीम रावलले सरकारले नेपालको सार्वभौम सत्तामा आँच पुर्‍याउने काम गरेको बताए । राष्ट्र हित र संविधानविपरीतका कुरा सशक्त रूपमा उठाउनुपर्ने बताउँदै उनले विगतको सरकारले गरेका कामलाई पुनरावृत्ति गरिएको बताए ।

 

उनले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिलेको नीति तथा कार्यक्रममा सुरु गर्ने भनी उल्लेख गरिएको छ । यस्ता नमिल्दा कुरा पनि अहिले आएको नीति तथा कार्यक्रममा छन् ।’

 

यस्तै, एमालेका नेता शेरबहादुर तामाङले स्थानीय तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण नभएको बताउँदै सरकारले नीति तथा कार्यक्रम गोलमोल पाराले ल्याएको बताए । 

 

सरकारले ल्याएको नीति स्पष्ट हुनुभन्दा पनि मुलुकलाई अझ बढी गोलमोल गर्ने तरिकाले ल्याएको बताए । 

 

उनले भने, ‘ सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई स्पष्टता नदिइकन जनतालाई छक्याउने किसिमले आएको छ । मूलतः नीति तथा कार्यक्रम कहीँ कतै पनि भोलिका  लागि आसावादी कुरा छैनन् । त्यसकारण यो नीति तथा कार्यक्रम नयाँ भिजनविनाको पुरानै कुराको पुनरावृत्ति र निरन्तरताको हिसाबले मात्रै आएको छ । नीति तथा कार्यक्रममा कुनै पनि नयाँ योजना आएको छैन भन्ने कुरा सत्ता पक्षका सांसदले पोजेटिभ रेस्पोन्स गरेनन् ।’