close

अमेरिकी उच्च अधिकारी तिब्बती शरणार्थी शिविरमा गएकोप्रति ओलीको आपत्ति

अमेरिकी उच्च अधिकारी तिब्बती शरणार्थी शिविरमा गएकोप्रति ओलीको आपत्ति

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उच्च अधिकारी तिब्बती शरणार्थी शिविरमा गएकोप्रति ओलीको आपत्ति जनाएका छन् । 

 

संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्रीलाई तिब्बती शरणार्थी शिविरमा जान दिइएकोमा  सरकार एक चीन नीतिबाट बरालिन खोजेको हो भन्दै सोप्रति आपत्ति जनाएका हुन् । 

 

‘परराष्ट्र नीतिका स्थापित मूल्य मान्यता छन् त्यसको खण्डित गर्ने काम भयो । नेपालको असंलग्न परराष्ट्र नीतिमा राष्ट्रिय हित, अहस्तक्षेप र कुनै पनि देशको मामिलामा असंलग्न रहने भन्ने छ । तिब्बती शरणार्थीको क्यापमा जान दिएर जुन प्रकारको उक्साउने काम गरियो त्यसमा सरकारको नियतमाथि शंका छ । कुनै देशका विरुद्ध नेपाली भूमिलाई प्रयोग गर्न दिनु गलत हो,’ उनले भने ।