close

समाजवादीले दियो आफ्ना जनप्रतिनिधलाई सम्पत्ति विवरण बुझाउन निर्देशन ​

समाजवादीले दियो आफ्ना जनप्रतिनिधलाई सम्पत्ति विवरण बुझाउन निर्देशन ​

Trulli
ADVERTISEMENT

काठमाडौं । एकीकृत समाजवादीले  जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न जनप्रतिनिधिलाई एकीकृत समाजवादीको निर्देशन

 

महासचिव डा. बेदुराम भुसालले वक्तव्य जारी गर्दै सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

 

‘तपाईंहरुलाई जनताले ठूलो विश्वास गरेर मत दिएका छन् । जनताको विश्वासप्रति सधैं इमान्दार रहनु होला । जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नु होला’, वक्तव्यमा उल्लेख छ । निर्वाचनको बेला गरेको प्रतिबद्धता र ऐन तथा कानूनहरुको परिधिमा रहेर काम गर्न पनि जनप्रतिनिधिहरुलाई एकीकृत समाजवादीले निर्देशन दिएको छ ।


भ्रष्टाचारबाट मुक्त रहँदै सादा जीवनशैली र असल आचरण देखाउन पनि निर्देशन दिइएको छ ।