close

ललितपुर महानगरका नवनिर्वाचित मेयरले के गरे पहिलो निर्णय ?

ललितपुर महानगरका नवनिर्वाचित मेयरले के गरे पहिलो निर्णय ?

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने  निर्णय गरेका छन् । 

 

त्यस्तै, महानगरपालिकाले हालसम्म चक्रपथभित्र मात्र फोहोर संकलन गर्दै आएकामा दुई तीन हप्तापछि २९ वटै वडाबाट फोहोर संकलन गरिने उनले बताए ।

 

ललितपुर महानगरपालिकाले किनेको कम्प्याक्ट ट्रक दुई हप्तामा आइपुग्ने र त्यसपछि फोहोर संकलन गरिने उनको भनाइ छ । मेयर महर्जनले अनलाइनमार्फत राजस्व संकलनको व्यवस्था गर्ने पनि घोषणा गरे ।