close

काठमाडौंमा ४४ हजार मत गन्न बाँकी, कसको मत कति ?

काठमाडौंमा ४४ हजार मत गन्न बाँकी, कसको मत कति ?

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रतिस्पर्धीभन्दा करिब २० हजार बढी मतका साथ स्वतन्त्र यम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहेका छन् । 

 

काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका हुन् । एक लाख ४६ हजार ३३८ मत गनिसक्दा बालेन्द्रले ४८ हजार ९२२ मत ल्याएका छन्।

 

४४ हजार मत गन्न बाँकी रहँदा बालेन्द्र साहले निकटतम प्रतिद्वन्द्वीहरुलाई झन्डै २० हजार मतान्तरले पछि पारेका छन्। नेपाली कांग्रेसका सिर्जना सिंहले ३० हजार २५ मत हासिल गरेकी छन् भने नेकपा एमालेका केशव स्थापितले २९ हजार १ ५९ मत ल्याएका छन् । 

 

३२ वडा रहेको काठमाडौंको १० वटा वडाको मत गणना जारी रहेकाले अन्तिम परिणाम आउन केही दिन लाग्ने देखिन्छ।