close

प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग यथास्थितिमा राख्नु हुँदैन : एमाले सचिव अर्याल

प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग यथास्थितिमा राख्नु हुँदैन : एमाले सचिव अर्याल

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले सचिव पद्‍मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा यथास्थितिमा राख्न नहुने बताएकी छन् । 

बुधबार संघीय संसद भवन नयाँ बानेश्वर सञ्चारकर्मीसँग भएको अनौपचारिक कुराकानीका क्रममा अर्यालले यस्तो बताएकी हुन् । 

‘महाअभियोग लगाइसकेपछि कानूनत, संविधानत, जे व्यवस्था छ त्यसलाई त पूरा गर्नुपर्‍यो । मान्छेको जीवनमा चार्ज लगाएर सार्वभौमसत्ता सम्पन्न संसदमा ल्याएर छलफल नगरिकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने हुँदैन ।’

सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव पारित गर्न नभई आफ्नो उद्देश्य पूरा गर्नका लागि महाभियोग ल्याएको  उनकाे भनाइ थियो । 

‘हामी नेकपा एमालेले त त्यतिबेलै भनेका थियौं । यो महाअभियोग पास गर्नका निम्ति ल्याइएको होइन । निश्चित उद्देश्य पूरा गर्नको निम्ति ल्याएको हो, त्यो कुरा आज पुष्टि भएको छ,’ उनले भनिन् ।