close

फोहोर व्यवस्थापनका लागि पहलकदमी थाल्न थापाको प्रधानमन्त्रीलाई आग्रह

फोहोर व्यवस्थापनका लागि पहलकदमी थाल्न थापाको प्रधानमन्त्रीलाई आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंलाई फोहोरमुक्त बनाउनका लागि विशेष पहल कदमी सुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् । 

बुधबार प्रतिनिधिसभा सदस्य थापाले बुधबार संसद्को शून्य समयमा सांसद थापाले यस्तो प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् । 

‘काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको काममा मद्दत गर्नु हामी सबैको कर्तव्य हो । तर कतिपय कुरा दुईटा निकायले मात्रै चाहेर गर्न सकिने अवस्था छैन’ उनले भने, ‘कति स्रोत साधनको कुरा गर्न, कानुन, नियमको गाँठो फुकाउन सम्माननीय प्रधानमन्त्रीज्यूले नै पहलकदमी लिनुपर्नेछ,' उनले भने ।