close

असार पहिलो सातासम्म सर्‍यो प्रधानमन्त्रीको अमेरिका यात्रा

असार पहिलो सातासम्म सर्‍यो प्रधानमन्त्रीको अमेरिका यात्रा

Trulli
ADVERTISEMENT

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावित अमेरिका भ्रमण केही दिनका लागि सरेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार आज शुक्रबार अमेरिका जाने अनौपचारिक तयारी थालेका देउवा आगामी असारको पहिलो साता मात्रै त्यता जाने बालुवाटार स्रोतले जानकारी दिएका छन् ।

‘संसदमा बजेटमा माथि छलफल जारी गरेको तथा त्यसलाई पारित गराउनु पर्नेछ,’ उनले पालिका खबरसँग भने, ‘त्यसपछि नेकपा एकीकृत समाजवादीले उपलब्ध गराएको सूची अनुसार नयाँ मन्त्रीहरूलाई शपथ गराउनु पर्ने भएकाले प्रधानमन्त्रीले भ्रमणलाई केही पर सार्नु भएको हो ।’

शुक्रबार मात्रै प्रधानमन्त्रीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिच नयाँ मन्त्रीहरूलाई बजेट पारित भए लगत्तै शपथ गराउने सहमति बनेको थियो । प्रधानमन्त्री देउवाले तत्काल अमेरिका गएको खण्ड सो सहमतिबाट आफू भागेको जस्तो देखिने हुँदा पनि भ्रमणलाई पछाडि सार्ने निर्णय लिएको उनले बताए ।