close

हारेका ठाउँबाट चुनाव जित्न सहज, राम्रो काम गरेर देखाउनुपर्छ : एमाले महासचिव पोखरेल

हारेका ठाउँबाट चुनाव जित्न सहज, राम्रो काम गरेर देखाउनुपर्छ : एमाले महासचिव पोखरेल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलेले स्थानीय तह निर्वाचनमा अपेक्षकृत परिणाम नआएको बताएका छन् । 

शनिबार ललितपुर जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि बधाई तथा प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् । 

उद्यपि उनले जितेका ठाउँमा राम्रो काम गरेर देखाउनुपर्ने बताए । 

यसबाट पाठ सिक्नुपर्ने उनले बताए । उनले भने, ‘यसले के सिकाउँछ भने, हामी पारदर्शी हुनुपर्छ । हामीले गरेका काम जनतालाई जानकारी पनि दिनुपर्छ । चर्चा परिचर्चा पनि गर्नुपर्छ ।’

यसअघि जितेका ठाउँमा आपूmहरुले हारेको बताउँदै उनले बरु हारको ठाउँमा आफूहरुको जित निक्लिएको बताए ।  

‘जितेका ठाउँका तुलनामा हारेका ठाउँमा चुनाव जित्न सजिलो भयो । जहाँ हामीले जितेका थियौँ, त्यहाँ विपक्षीले जिते, बरु हारेका ठाउँमा हामीले जित्यौँ,’ महासचिव पोखरेलले भने,‘यसले के प्रमाणित गर्छ भने हाम्रा काम जनलताले निगरानी गरिरहेका रहेछन् । हामी पारदर्शी हुन सकेका रहेनछौँ ।’