close

वीपीले कम्युनिष्टसँग नमिल्नु भने पनि गणेशमानको पालामा नै गठबन्धन सफल  : उपसभापति खड्का

वीपीले कम्युनिष्टसँग नमिल्नु भने पनि गणेशमानको पालामा नै गठबन्धन सफल  : उपसभापति खड्का

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई तिहाइ स्पष्ट बहुमताका लागि अबको निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । 

शनिबार भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका खड्काले कुनै पनि एउटा पार्टीले मात्रै अब दुई तिहाइ ल्याउन सक्ने अवस्था नरहेकोले गठबन्धन आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘अबको निर्वाचनमा दुई तिहाइका लागि पनि गठबन्धन आवश्यक छ ।’

विपी कोइरालाले कम्युनिष्टसँग मिलेर कहिल्यै जान हुन्न भने पनि कम्युनिष्टसँग मिलेर गणेशमान सिहंको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलन सफल भएको स्मरण गर्दै खड्काले अहिले पनि समय र परिस्थितिको आवश्यकतालाई हेरेर कम्युनिष्टसँग गठबन्धन गर्नुपरेको बताए ।