close

प्रधानमन्त्री देउवा र लोसपा नेताबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री देउवा र लोसपा नेताबीच बालुवाटारमा भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरूबीच सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवाला र लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूबीच छलफल भएको हो । 

लोसपाका नेताहरूले आर्थिक वर्ष २०७९/०८० को बजेट समावेशी नभएको गुनासो गर्दै गत २४ गते ११ बुँदे मागहरू राखेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्रसमेत बुझाएका थिए । 

आजको भेटवार्तामा लोसपाको उक्त मागहरू बारे छलफल भएको भएको नेताहरूले बताएका छन् ।