close

अमेरिका भ्रमण बारे प्रस्ट पार्न प्रधानमन्त्रीलाई बोलायो संसदीय समितिले

अमेरिका भ्रमण बारे प्रस्ट पार्न प्रधानमन्त्रीलाई बोलायो संसदीय समितिले

Trulli
ADVERTISEMENT

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका भ्रमण बारे छलफलमा बोलाएको छ । हालसम्म मिति गोप्य राखिएको प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा अनेक टिप्पणी हुन थालेपछि त्यस बारे जानकारी लिन सो समितिले प्रधानमन्त्रीलाई बोलाएको हो ।

समितिले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।  समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग असार ३ गते छलफल गर्ने निर्णय भएको बताइन् ।

निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै आएको छ ।

आइतबार मात्रै संसदमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले देउवाले प्रधानमन्त्री कि रक्षामन्त्रीका रुपमा अमेरिकाको भ्रमण गर्न लागेका हुन् ? भनेर प्रश्न गरेका थिए । साथै उनले संसद्लाई प्रधानमन्त्रीले यस बारे प्रस्ट पार्नु पर्ने समेत बताएका थिए ।

प्रधानमन्त्री देउवा असारको पहिलो साता नै अमेरिका जाने तयारीमा छन् ।