close

बजेटमाथिको छलफल स्थगन गरी मलबारे छलफल जारी

बजेटमाथिको छलफल स्थगन गरी मलबारे छलफल जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा किसानले मल नपाएको विषयमा छलफल जारी छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ल्याएको मलबारे छलफल गर्नका लागि 'स्थगनको प्रस्ताव'माथि छलफल भइरहेको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेमा प्रमुख सचेतक विशाल भट्टराईलगायत १५ सांसदले स्थगनको प्रस्ताव राखेका थिए । 'किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालका लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्' भन्ने प्रस्ताव भट्टराईले राखेका थिए । 

उक्त प्रस्तावमाथि अहिले सांसदहरूले छलफल गरिरहेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा ८ मन्त्रालयका विभिन्न शिर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम थियो ।

मलबारे छुट्याइएको २ घण्टाको छलफल भएपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले जवाफ दिनेछन् ।