close

जसपाको सिको गर्दै प्रचण्ड

जसपाको सिको गर्दै प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित प्रशिक्षणमा फरक आशनमा देखिएका छन् । 

वैचारिक तथा राजनैतिक प्रशिक्षणमा सहभागी हुँदा कुर्सीबिनाको मञ्चमा बसेर अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका हुन् ।

प्रचण्डको आशनलाई जसपाको आशन भनेर सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ । यसअघि गत फागुन २९ र ३० गते सम्पन्न जनता समाजवादी पार्टी(जसपा)को केन्द्रीय समिति बैठकमा पनि कुर्सी प्रयोग गरिएको थिएन । 

यता संघीय निर्वाचन नजिकिँदै गर्दा कसैले जनताको नेता हुँ भनेर प्रचण्डले देखाउन खोजेको भन्नेहरू पनि छन् । प्रचण्डले स्थानीय कार्यकर्ताको घरमा पुगेर कार्यकर्तासँगै भुईंमा पलेटी कसेर खाना खाएको तस्बिरसमेत सार्वजनिक भएको । उनले प्रशिक्षणदेखि कार्यकर्तासँगको खानपानसम्म कुर्सी प्रयोग नगरेको तस्वीर सार्वजनिक गरिएको हो ।