close

नेपाल एसपीपीमा संलग्न हुँदैन, हुँदैन : मन्त्री खाँण

नेपाल एसपीपीमा संलग्न हुँदैन, हुँदैन : मन्त्री खाँण

Trulli
ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपालले हालसम्म अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बताएका छन् । 

बिहीबार प्रतिनिधि सभामा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र रक्षा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटबारे उठेका जिज्ञासाको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाणले एसपीपीमा सहभागी हुने कुनै सोच नभएकोले आशंका नगर्न आग्रह गरेका छन् । 

नेपालको असंलग्न परराष्ट्रनीतिमा सरकार अडिक रहेको खाणले उल्लेख गरे।उनले नेपालको भूमि मित्र राष्ट्रहरुको विरुद्ध प्रयोग हुन नदिन सरकार पूर्ण प्रतिबद्ध रहेको पनि बताए । ‘नेपालको भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन दिँदैनौँ, त्यसमा नेपाल सरकार दृढ छ,’ उनले भने।