close

नेपालबाट भारततर्फ करिब ३६४ मेगावाटबराबर विद्युत् निर्यात हुन सुरु भएको छ : सञ्चारमन्त्री

नेपालबाट भारततर्फ करिब ३६४ मेगावाटबराबर विद्युत् निर्यात हुन सुरु भएको छ : सञ्चारमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०० मेगावाटमाथि ६ अर्बभन्दा माथिका जलविद्युत् परियोजना सञ्चालनका लागि लगानी बोर्डको स्थापना हुने बताएका छन् । 

बिहीबार संसद्मा उठेका प्रश्नको प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।    

‘राष्ट्रिय विकास र समृद्धिको आकांक्ष पूरा गर्न २०० मेगावाट माथिका जलविद्युत् आयोजना र ६ अर्बभन्दा माथिका लगानी आयोजना विकास एवं सञ्चालनका लागि लगानी बोर्डको स्थापना हुनेछ,’ उनले भने । 

नेपाल र भारतद्वारा संयुक्त रुपमा जारी ऊर्जा विकाससम्बन्धी दीर्घकालीन अवधारणालाई दुईतर्फी विद्युत् व्यापारको विषयलाई प्रमुखताका साथ उठाइएकोमा सोको परिणामस्वरुप हाल नेपालबाट भारततर्फ करिब ३६४ मेगावाटबराबर विद्युत् निर्यात भइरहेको उनले बताए ।

यस्तै, उनले भारतसँगको समझदारीमा दक्षिण एसिया र अन्य कुनैसँग पनि ऊर्जा व्यापार र विस्तारको सम्भावना रहेकाले लगानीबोर्डबाट पश्चिम सेती सेती–६ र तल्लो अरुणलगायतका जलपरियोजना सार्वजनिक, निजी र साझेदारीको आधारमा अघि बढाइने बताए ।