close

संसदमा खोजी भइरहँदा प्रधानमन्त्री एनआरएनको कार्यक्रममा

संसदमा खोजी भइरहँदा प्रधानमन्त्री एनआरएनको कार्यक्रममा

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको जवाफ दिने कार्यसूची थियो तर प्रधानमन्त्री देउवा भने संसदमा नगई एनआरएनको कार्यक्रममा सहभागी हुन पुगेका छन् । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवा होटल र्‍याडिसनमा गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका हुन् । 

बिहीबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री देउवा संसदमा उपस्थित नभएपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा एमालेका सांसद भीम रावलले प्रश्न उठाएका थिए । 

तर देउवाले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको भन्दै संसद सचिवालयमा पत्र पठाएका थिए ।