close

२३ वटा खर्च कटौतीको प्रस्ताव अस्वीकृत गर्दै विनियोजन विधेयक पारित

२३ वटा खर्च कटौतीको प्रस्ताव अस्वीकृत गर्दै विनियोजन विधेयक पारित

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले ल्याएको विनियोजना विधेयक २०७९ आज प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले बिहीबार संसदमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई ध्वनी मतबाट निर्णयार्थ पेश गरिएको थियो। बहुमतले यसलाई पारित गरेको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए ।

त्यस्तै सांसदहरुले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो ।

विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु संसद बैठकबाट बाहिरिएका थिए । जेठ १७ गतेदेखि प्रतिनिधिसभामा बजेटमाथिको छलफल सुरु भएको थियो ।