close

के गर्दैछिन्,डिस्चार्ज भएकी राज्यमन्त्री ?

के गर्दैछिन्,डिस्चार्ज भएकी राज्यमन्त्री ?

Trulli
ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वली डिस्चार्ज भएकी छन् । 

वलीकी स्वकीय सचिव दीलकुमारी घर्तीमगरले वली आफ्नै निवासमा आराम गरिरहेका बताएकी छन् । स्वकीय सचिवका अनुसार अहिले उनको अवस्था सुधारात्मक छ । 

उनले भनिन्, ‘अहिले उहाँको अवस्था सुधारात्मक छ । उहाँ निवासमै आराम गरिरहनुभएको छ । औषधि लिइरहनुभएको छ । सामान्यतया खाना लिनुभएको छ । अस्पतालमा भन्दा उहाँलाई एकान्तमै रेस्ट गर्न सहज हुन्छ भनेर डिस्चार्ज गरिएको हो ।’

बेहोस अवस्थामा मंगलबार राति राज्यमन्त्री वलीलाई लुम्बिनी अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर रहेकाले औषधि सेवन गर्नेगरी डिस्चार्ज गरिएको जानकारी दिएको छ । 

मंगलबार दाङका एकराज बस्नेतको घरमा गई मेरो एकराज खोइ भन्दै उनकी श्रीमती र छोरीमाथि हातपात गरेपछि उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । 

सो घटनाबारे छानबिनको माग गर्दै नेकपा एमालेले बुधबार केही समय प्रदेशसभा अवरोध गरेको थियो ।