close

७ वर्षअघि नै नेपाली सेनाले एसपिपीका लागि अनुरोध गरेको खुलासा (पत्रसहित)

७ वर्षअघि नै नेपाली सेनाले एसपिपीका लागि अनुरोध गरेको खुलासा (पत्रसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाली सेनाले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्जलिजलाई पत्राचार गरेको खुलेको छ । 

बुधबार अमेरिकी दूतावासले पत्रकारसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपिपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको खुलासा गरेको थियो । 

केपी शर्मा ओली प्रधानमन्त्री भएको करिब १५ दिनमा अर्थात् २०७२ कातिक १० गते सेनाले सो पत्राचार गरेको खुलेको हो । ्केपी शर्मा ओली २०७२ असोज २५ गते प्रधानमन्त्री पदमा नियुक्त भएका  थिए । 

तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेका थिए ।