close

एसपिपीबारे आरोप प्रत्यारोप,  प्रधानसेनापति बोलायो अन्तर्राष्ट्रिय सम्बन्ध समितिले

एसपिपीबारे आरोप प्रत्यारोप,  प्रधानसेनापति बोलायो अन्तर्राष्ट्रिय सम्बन्ध समितिले

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।

नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का लागि पत्राचार गरेको, र अमेरिका भ्रमणका क्रममा सेनापति शर्माले सो सम्झौतामा हस्ताक्षर गर्ने भनी सार्वजनिक भएपछि आलोचना भइरहेको छ । सो विषयमा छलफलका लागि शुक्रबार बिहान  संसदीय समितिको बैठकमा प्रधानसेनापति  शर्मालाई बोलाइएको हो । 

बुधबार मात्रै अमेरिकी दूतावासले एसपीपी सम्बन्धी कुनै सम्झौता पत्रमा हस्ताक्षर गर्नु नपर्ने र यसअघि नै नेपाल यसको अंग भइसकेको बताएको छ । दूतावासले नेपालले सन् २०१५ र २०१७ दुईपटक आवेदन दिएपछि २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको बताएको छ।

त्यस्तै, नेपाली सेनाका तत्काली प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको एक पत्र पनि सार्वजनिक भएको छ । तर, सोमा नेपाली सेनाको आधिकारिक छाप छैन ।       

नेपाली सेनाले एक विज्ञप्ति जारी गरी नेपाली सेनाले कुनै पनि सैन्य गठबन्धनमा नरहेको र रहने प्रक्रिया नभएको जनाएको छ।

तर, एसपिपीबारे नेपालका राजनीतिक दल र नेपाली सेनाका कुरा एक आपसमा बाझिएका छन् । 

बिहिबारमात्रै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एसपिपी राष्ट्रवादविरुद्ध नभएको , तर राष्ट्रघात भएको भन्दै झूटो प्रचार गरेको आरोप लगाए । 

त्यस्तै उनले एसपिपी प्रधानमन्त्री केपी  शर्मा ओलीको पालमा भएकोसमेत बताए । तर, नेकपा एमालेले यसको खण्डन गर्दै आएको छ ।