close

एसपीपी सम्झौतामा हस्ताक्षर हुँदैन : परराष्ट्रमन्त्री खड्का

एसपीपी सम्झौतामा हस्ताक्षर हुँदैन : परराष्ट्रमन्त्री खड्का

Trulli
ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा हस्ताक्षार नहुने बताएका छन् । 

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा मन्त्री खड्काले सम्झौता राष्ट्रिय हितमा नभएकाले नेपालले कुनै सहमति नगर्ने र अब यस विषयमाथि थप छलफल गर्न आवश्यक नभएको बतानएका हुन् । 

उनले  नेपाली सेनाले समेत अगाडि नबढ्ने बताइसकेकाले अब यो सम्झौताको च्याप्टर क्लोज भइसकेको जिकिर गरे । 

नेपाल सेनाले एसपीपी सम्झौता नगर्ने भनेर विज्ञप्ति निकालिसकेकाले अब यो विषयलाई विवादमा तानिरहनु आवश्यक नभएको उनको तर्क छ ।