close

मन्त्री आलेद्वारा नेवानिका अध्यक्षमाथि हातपात

आफूले सिफारिस गरेका व्यक्तिलाई जागिर नलगाएकोमा दुर्व्यवहार

मन्त्री आलेद्वारा नेवानिका अध्यक्षमाथि हातपात

आफूले सिफारिस गरेका व्यक्तिलाई जागिर नलगाएकोमा दुर्व्यवहार

Trulli
ADVERTISEMENT

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नै कार्यकक्षमा बोलाएर नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौच र हातपात गरेका छन् ।

आज अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर तथा सार्वजनिक गरेको अडियोमा पर्यटन मन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै बोलाएर अश्लील गालीगलौज गरेको सुनिन्छ ।

आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको भन्दै मन्त्री आलेले अध्यक्ष अधिकारीमाथि गालीगलौच र दुर्व्यवहार गरेको पर्यटन मन्त्रालय स्रोतलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्टले खबर लेखेको छ।

मन्त्री आलेले नेपाल एयरलाइन्समा ठुलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएका थिए। अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए।

सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीलाई धम्कीसमेत दिएका छन्।

यसअघि टेलिफोनमा समेत मन्त्री आलेले अधिकारीलाई अश्लील गाली गर्दै धम्की दिएका थिए।