close

नेपालले मिठो पारामा प्रधानमन्त्रीलाई सचेत गराए : ह्विस्की खुवाएर हस्ताक्षर गराउलान् होस् पुर्‍याउनु होला!

नेपालले मिठो पारामा प्रधानमन्त्रीलाई सचेत गराए : ह्विस्की खुवाएर हस्ताक्षर गराउलान् होस् पुर्‍याउनु होला!

Trulli
ADVERTISEMENT

काठमाडौँ । संसदीय समितिको कुर्सीमा बसेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणको बेला ह्विस्की खाएर वा अचेत अवस्थामा कुनै पनि कागजपत्रमा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को सन्दर्भले मुलुकको राजनीति तताइरहेको बेला पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले कहिले काहीँ दबाब दिएर त कहिले काहीँ आफूले थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले यस्ता पक्षमा ख्याल गर्न समेत प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।

आज शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी नेता नेपालले कूटनीतिमा दबावमात्र नभई अनेक बहाना बनाएर फसाउने काम पनि हुने भन्दै त्यस्ता कुरामा सचेत रहनु पर्ने बताए दाबी गरेका हुन् ।

‘कूटनीतिका धेरै पक्षहरू हुन्छन् । मिठो कुरा गरेर ह्विस्की खुवाएर फसाउन सक्छन् । जिम्मेवार व्यक्ति सधैँ सचेत हुनुपर्छ', मिठो पारामा नेपालले भने ।

उनले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को बारेमा सुरुदेखि अहिलेसम्म के–के भयो भनेर सरकारले वास्तविकता समेत बाहिर ल्याउन माग गरे ।

साथै उनले सार्वजनिक भएको एसपीपी सम्झौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रस्ट पार्नुपर्ने बताए ।

'कुन प्रधानमन्त्रीको पालामा कुन रक्षामन्त्रीको पालामा यो सम्झौता अगाडि बढाइएको हो ? यो सबै प्रस्ट पार्नुपर्छ । जनतालाई गुमराहमा राख्नु हुँदैन,' नेपालले भने ।

नेपाली सेना कुनै सैनिक गठबन्धनमा संलग्न हुन नहुने नेपालको राय समेत छ ।