close

एसपीपी ओलीले अघि बढाएका हुन् : नेता गौतम

एसपीपी ओलीले अघि बढाएका हुन् : नेता गौतम

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा एमाले विभाजन भएपछि कतै नखुलेका राष्ट्रियसभामा स्वतन्त्र सांसद वामदेव गौतमले अमेरिकाको स्टेट पाटनरसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अगाडि बढाएको दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपीमा प्रवेश गर्ने क्रमको सुरुवात भएको चर्चा हुन थालेपछि आफूले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएकै बेला यो प्रक्रिया अघि बढेको दाबी गरेका हुन् ।

‘अहिले जब एमालेका अध्यक्ष केपी ओलीले एसपीपी सम्झौता सुरु गर्नुभयो भन्ने यथार्थ बाहिर आउन थालेपछि हैन सुशील कोइरालाले हो भनिन थालिएको छ’, गौतमले भने,  ‘त्यसो भनेपछि म पनि त्यसमा संलग्न हुन्छु नै । म फेरि प्रधानमन्त्रीले गरेको हो, म छैन भनेर म भन्न पनि सक्दिन ।’

गौतमले सरकारमा सामेल भएपछि प्रधानमन्त्रीले गरेको काम र विचारसँग सहमत हुनुपर्ने बाध्यता रहने बताउँदै त्यही कारण आफूमाथि पनि आरोप लाग्न सक्छ कि भनेर खोजी नीति गरेको बताए ।

‘म माथि पनि आरोप लाग्न सक्छ भनेर मैले खोजी नीति गर्दा अस्ति मात्रै एउटा पत्र भेट्टाएँ र त्यो पत्रले स्पष्ट पारिदिएको छ कि यसको सुरुवात जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा त्यसबेला प्रधानमन्त्री रहेका एमालेका अध्यक्षज्यू सहभागी हुनुहुन्छ,  सदनलाई साँचो कुरा बताउनुपर्छ’,  गौतमले भने । 

नेता गौतमले एसपीपीबारे प्रश्न उठिसकेपछि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्लाई जवाफ दिनुपर्ने समेत बताए ।

नेकपा एमाले विभाजन भएपछि कुनै पनि समूहमा नगएका नेता गौतमले लामो समयपछि मौनता भङ्ग गर्दै ओलीको तीखो आलोचना गरेका हुन् ।