close

एसपिपीबारे लिखित धारणा दिन अन्तर्राष्ट्रिय संसदीय समितिको निर्देशन

एसपिपीबारे लिखित धारणा दिन अन्तर्राष्ट्रिय संसदीय समितिको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय संसदीय समितिले सरकारसँग एसपिपीबारे लिखित धारणा माग गरेको  छ । 

शुक्रबार बसेको सो समितिको बैठकले सरकारसँग एसपिपीबारे भएका पत्राचार तथा कागजजात एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको संसदीय समिति सभापति पवित्रा निरौलाले बताइन् ।

उनका अनुसार समितिको बैठकले आसन्न प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे उठेका प्रश्नको जवाफका लागि असार ५ गतेभित्र समितिको बैठकमा बोलाउने बताइन् ।

पछिल्लो समय एसपिपी नेपाली राजनीतिमा बहसको केन्द्रबिन्दु बनेको छ । संसद् पार्टीका बैठक, कार्यक्रममा नेताले दिने अभिव्यक्तिमा एक अर्कालाई आरोप प्रत्यारोप गरी आफू पन्छिने क्रम पनि जारी छ ।