close

प्रमुख प्रतिपक्षी एमालेद्वारा राष्ट्रियसभा बैठक अवरोध

प्रमुख प्रतिपक्षी एमालेद्वारा राष्ट्रियसभा बैठक अवरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । 

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमालेका सा‌ंसदहरूले सो बैठक अवरोध गरेका हुन् । 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

नेकपा एमालेका सांसदले करको दायरा निर्धारण गर्दा बिचौलियाको प्रभावमा परेर करमा हेरफेर गरिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनीहरूको माग छ । 

सो विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि पनि  प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो ।