close

एसपीपीमा एमालेको दोहोरो भूमिका : परराष्ट्रमन्त्री

एसपीपीमा एमालेको दोहोरो भूमिका : परराष्ट्रमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । एसपीपी प्रकरणमा एमालेले दोहोरो भूमिका खेलेको भन्दै परराष्ट्रमन्त्री नारायण खड्काले नेकपा एमालेले किन खारेज नगरेको भन्दै प्रश्न गरेका छन् ।

परराष्ट्रमन्त्री नारायण खड्काले सन् २०१९ मा नेकपा एमालेको सरकार हुँदा एसपीपी किन होल्डमा राखेको भन्दै प्रश्न गरेका हुन् । 

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सांसद्‌हरुले एसपीपी सम्झौताको विषयमा उठाएको प्रश्नको जवाफ दिने क्रममा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा र रक्षामन्त्री ईश्वर पोखरेलले होल्डमा राखेको बताएका थिए । 

'सन् २०१९ मा किन होल्डमा राखेको ? प्रदीप ज्ञवालीले संसद्मा होल्डमा राखेका थियौं भन्नुभएको थियो । त्यतिबेला खारेज किन नगरेको ?,' उनले सोधे ।

सन् २०१५ मा भूकम्पपछिको राहत र उद्धारमा मानवीय सहायता प्राप्त गर्न नेपाली सेनाले अमेरिकालाई (एसपीपीअन्तर्गत)  पत्राचार गरेको भएपनि त्यसपछि २०१९ मा तत्कालीन (एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको) सरकारले 'सम्झौता' खारेजका लागि किन पहल नगरेको भन्दै परराष्ट्रमन्त्री खड्काले एमालेलाई प्रश्न गरे।