close

आइतबार संसदीय समितिमा हाजिर हुन प्रधानमन्त्रीलाई निर्देशन

एसपीपीका सम्बन्धमा सरकारसँग कागजात माग

आइतबार संसदीय समितिमा हाजिर हुन प्रधानमन्त्रीलाई निर्देशन

एसपीपीका सम्बन्धमा सरकारसँग कागजात माग

Trulli
ADVERTISEMENT

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले साथै अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बस्ने समितिको बैठकमा बोलाएको छ । साथै सरकारसँग एसपीपीसँग सम्बन्धित कागजपत्र समेत माग गरेको छ ।

शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्त्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेत गराइएको पनि जानकारी दिइन् ।

आइतबारको बैठकमा समितिले प्रधानमन्त्री देउवासँग आसन्न अमेरिका भ्रमणका विषयमा उठेका प्रश्नहरुको जवाफ समेत माग्ने भएको छ ।