close

नेपाल एसपिपीमा सामेल हुनुहुँदैन : थापा

नेपाल एसपिपीमा सामेल हुनुहुँदैन : थापा

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा नेपाल सहभागी हुँदैन भनी  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो बताएका हुन् । 

‘विवादको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यसबाट अलग हुनुपर्छ,’ उनले भने, ‘नेपालको भूराजनीतिक संवेदनशीलतालाई दृष्टिगत गर्दै नेपालले कुनै पनि हालतमा यो स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु हुँदैन । यो कार्यलाई अघि नबढाउनको निमित्त म प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आग्रह गर्न चाहन्छु । यस सम्बन्धमा अहिले जुन किसिमको चर्चा चलिराखेको छ, जुन किसिमको विवादहरु चलिराखेको छ । यो विवादको निराकरण चाँडोभन्दा चाँडो गरिनुपर्दछ । एसपीपीबाट अलग हुन चाहन्छौ भन्ने पत्र तत्काल लेख्नको निमित्त म आग्रह गर्न चाहन्छु ।’