close

अन्तर्घात गरेको आरोपमा कांग्रेसका १० नेता निलम्बित

अन्तर्घात गरेको आरोपमा कांग्रेसका १० नेता निलम्बित

Trulli
ADVERTISEMENT

अर्घाखाँची । स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा अर्घाखाँचीमा नेपाली कांग्रेसका जिल्ला उपसभापतिसहित १० जना निलम्बित भएका छन् ।

पार्टीका जिल्ला उपसभापति बाबुराम पौडेल, पूर्वक्षेत्रीय सभापति मणिराम पौडेल सहितलाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरेको कांग्रेसको जिल्ला समितिले जनाएको छ ।

निलम्बन हुने अरुमा पाणिनी गाउँपालिका–८ का पूर्व सभापति यज्ञप्रसाद पौडेल, भुमिका स्थान नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनी रहेका छन् ।

महाधिवेशन प्रतिनिधि सिर्जना विक, पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरेको कांग्रेसको अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।