close

आज संसदीय समितिमा एसपीपीबारे प्रधानमन्त्रीले जवाफ दिने

आज संसदीय समितिमा एसपीपीबारे प्रधानमन्त्रीले जवाफ दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदीय समितिमा जवाफ दिने भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बोलाएको हो ।

समितिको बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र अमेरिका भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने एजेण्डा छ । देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको समितिले जनाएको छ  ।