close

व्यक्तिगत रिसमा प्रधानन्यायाधीशमाथि महाभियोग लगाइयो : ज्ञवाली

व्यक्तिगत रिसमा प्रधानन्यायाधीशमाथि महाभियोग लगाइयो : ज्ञवाली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिएको भन्दै गुनासो गरेका छन् ।

यस्तै,  उनले व्यक्तिगत रिसका आधारमा प्रधानन्यायाधीश चोलेन्द्र राणामाथि महाभियोग लगाइएको बताए ।

आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सांसदीय समितिमा ज्ञवालीले यस्तो बताएका हुन् । यस्तै,  उनले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिएको आरोपसमेत लगाए । 

२०७८ साल फगुन १ गठबन्धनमा आबद्ध दलका सा‌ंसदले  संसद्मा चोलेन्द्र राणामाथि महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

तर, महाभियोग लागाइएको लामो समयसम्म व्यतित भइसक्दा पनि संसद्मा सोबारे बहस हुन सकेको छैन ।