close

पूर्वमाओवादी एक हुने वातावरण बन्दै छ : प्रचण्ड

पूर्वमाओवादी एक हुने वातावरण बन्दै छ : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सबै पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको बताएका हुन् । 

आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेकाले पनि त्यसलाई रोक्नका लागि पूर्वमाओवादी मिल्नुपर्ने दाहालले बताए । 

एकता र विभाजनको श्रृखला क्रममा पुनःएकता हुने उनको जिकिर छ । 

अध्यक्ष दाहालले अहिलेको परिवर्तनमा कर्मचारीको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिक रूपमा संगठित हुने अधिकार रहेको बताए । 

परिवर्तन विरोधीहरूले भने कर्मचारी संगठित भएको देख्न नचाहेको दाहालको भनाइ छ ।