close

जनकपुरधाममा उपप्रमुखमाथि चप्पल प्रहार

जनकपुरधाममा उपप्रमुखमाथि चप्पल प्रहार

Trulli
ADVERTISEMENT

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोर साहमाथि चप्पल प्रहार भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका– २३मा  अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएको समूहमा सहभागी एक महिलाले उपप्रमखुमाथि चप्पल प्रहार गरेकी हुन् । 

बेलागाउँका स्थानीय समाजसेवी एवं दाताले रामजानकी दुल्हा भगवान कुटीलाई दिएको जग्गा १७ बिघा १५ कठ्ठा जग्गा बेचबिखन हुन थालेकाले सो रोक्न माग गर्दै  स्थानीय उपमहानगरको कार्यालय पुगेका थिए । 

 आक्रोशित समूहले घुस लिएर केही नबोल्ने गरेको आरोपसमेत लगाएका छन् ।

सोही क्रममा नगर प्रमुख कार्यालयमा नभेटेपछि उपप्रमुखलाई ज्ञापन बुझाएपछि उनीमाथि आक्रमण  भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसान उपाध्यायका अनुसार उपमेयरले उनीहरुलाई सम्झाउने क्रममा सो घटना भएको थियो ।