close

राजा ल्याउने कुरा भइरहेको छ, समस्या संघीयतामा नभई सुशासनमा हो : नेपाल

राजा ल्याउने कुरा भइरहेको छ, समस्या संघीयतामा नभई सुशासनमा हो : नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारी शक्ति राजा ल्याउन सक्रिय भएको बताउँदै कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् । 

आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग भएको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन्  ।

‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ,’ अध्यक्ष नेपालले भने, ‘तर यो किमार्थ सम्भव छैन । संघीयता समस्या होइन, समस्या भनेको गुड गभरनेन्सको कुरा हो । जिम्मेवारी बोधको भावनाको कुरा हो । कामको तरिका र दृष्टिकोणको समस्या हो,’ अध्यक्ष नेपालले भने । 

नेतानेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा नेपाल रहनु हुँदैन भन्नेमा गठबन्धनभित्र कुनै विमति नभएको बताएका छन् । एसपिपीबाट फिर्ता हुनेबारे गठबन्धनभित्र कुनै पनि छलफल नभएको उनको भनाइ थियो । 

आफूहरूले आजै प्रधानमन्त्रीलाई एसपिपीबारे स्पष्ट पार्नका लागि भनेको र त्यसका लागि प्रधानमन्त्री राजी भएको उनले बताए । 

एसपिपीका कारण नेपालमा एकखालको तरंग पैदा भएको बताउँदै उनले अफूहरुले गठबन्धनको बैठक बोलाएर प्रस्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए । 

यस्तै, उनले पार्टीको निर्णयबमोजिम केही दिनमै मन्त्रिपरिषद्मा पनि हेरफेर हुने बताए । 

बाध्यताले ६ महिनाका लागि भनेर मन्त्री बनाएको उनले बताए । नेपाली कांग्रेस र माओवादीले सँगै मन्त्रिमण्डल हेरफेर गरौँला भनेपछि यसअघि मन्त्रिपरिषद् विस्तार रोकिएको उनले बताए ।