close

सामूहिक खेती गरे समाजवाद सम्भव छ : वामदेव

सामूहिक खेती गरे समाजवाद सम्भव छ : वामदेव

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा समाजवाद ल्याउनका लागि सबै जमिन सार्वजनिक गर्नुपर्ने बताएका छन् । 

सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले यस्तो बताएका हुन् । 

‘साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रित गरौँ,’ गौतमले भने, ‘औद्योगीकरण पनि त्यसैबाट हुन्छ,पर्यटनको विकास पनि त्यसैबाट हुन्छ । २६ लाख हेक्टर कृषि जमिन छ त्यो जमिन सरकारले किनोस् । मेरो विचारमा ४ सय खर्बको मूल्यमा त्यो जमिन प्राप्त गर्न सकिन्छ ।’

त्यस्तै, उनले सम्पूर्ण जमिन स्थानीय तहलाई प्रदान गरी सामूहिक उत्पादनमा होमिन पनि उनले सुझाव दिए ।