close

देउवालाई एसपिपीमा सहभागी नहुने भनी पत्राचार गर्न गगन र विश्वप्रकाशको सुझाव

देउवालाई एसपिपीमा सहभागी नहुने भनी पत्राचार गर्न गगन र विश्वप्रकाशको सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एसपिपीमा सहभागी नहुने भनी पत्राचार गर्न सुझाव दिएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर हुने भनी प्रचार र सो बारे संसद्मा पनि बहस भइरहेका बेला महामन्त्रीद्वयले सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री तथा सभापित देउवालाई सो सुझाव दिएका हुन् ।

एसपिपीबारे प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बोलाइएको थियो । तर, सो समितिको छलफलमा प्रधानमन्त्री नै अनुपस्थितित रहेपछि अन्तर्राष्ट्रिय समितिकी सभापति पिवत्रा निरौला खरेलले  देउवाको कार्यशैलीमा शंका रहेको प्रतिक्रिया दिएकी छन् । 

थप कुन-कुन विषयमा छलफल भयो ?

पार्टी नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघसंस्था पूर्णता र अधिवेशनबारे आन्तरिक छलफल गरिएको महामन्त्री थापाको सचिवालयले जनाकारी दिएको छ ।