close

एसपिपीमा संलग्न हुँदैनौँ भनी अमेरिकालाई पत्र किन नपठाएको ? :  रावल

एसपिपीमा संलग्न हुँदैनौँ भनी अमेरिकालाई पत्र किन नपठाएको ? :  रावल

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एमपिपी) मा सहभागी नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग भएको  कुराकानीका क्रममा उनले यस्तो सरकारप्रति आपत्ति जनाएका हुन् । 

‘सरकारका मन्त्री हामी सैनिक गठबन्धनमा नजान प्रतिबद्ध छौँ । संलग्न हुँदैनौ भन्ने । त्यो पत्र पठाउन केले रोक्यो ? यदि उहाँहरू आफ्नो भनाइप्रति इमानार हुनुहुन्छ भने अमेरिका स्वयंले यदि नेपाल यसको सदस्य हुन चाहँदैन भने रद्द गर्न सक्छ भनिसकेपछि हामी हुन चाहदैनौँ भनेर पत्र किन नपठाएको, कसले रोक्यो’ उनले भने ।