close

एसपिपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषद् बैठकको निर्णय

एसपिपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषद् बैठकको निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने भनी अमेरिकी सरकारलाई जानकारी गराउने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।

‘मन्त्रिपरिषद् बैठकले एसपिपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको छ,’ उनले भने । 

नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपिपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।

नेपाली राजनीति र सदनमा सो विषयलाई लिएर बहस भएको थियो ।