close

मूल्यवृद्धिको विरुद्धमा एमालेनिकट विद्यार्थी संगठनको प्रदर्शन

मूल्यवृद्धिको विरुद्धमा एमालेनिकट विद्यार्थी संगठनको प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं ।  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

सोमबार साँझ अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । सो क्रममा  अनेरास्वियुका वरिष्ठ उपाध्‍यक्ष आरसी लामिछानेसहित १० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको बताइएको छ ।