close

प्रतिनिधिसभा बैठक आज पनि, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि, यस्तो छ कार्यसूची

Trulli
ADVERTISEMENT

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । 

संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधन र बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।