close

प्रमुख निर्वाचन आयुक्तसँग भेट्दै कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा

प्रमुख निर्वाचन आयुक्तसँग भेट्दै कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेट गर्ने भएका छन् । 

महामन्त्रीद्वय थापा र शर्माले विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छन् ।

निर्वाचन आयोगमा आयुक्त थपलियालाई थापा र शर्माले बिहान ११ बजे भेट गर्ने कार्यक्रम तय भएको छ । 

विदेशमा रहेका नेपालीलाई मताधिकारको ब्यवस्था गर्नेबारे आयुक्तसँग छलफल हुने बताइएको छ ।

थापा र शर्माले हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । देउवासँगको भेटमा पनि उनीहरुले मताधिकार व्यवस्थाका लागि कुरा राखेका थिए । 

सोही विषयमा केन्द्रित रहेर आज निर्वाचन आयुक्तसँग छलफल हुन लागेको हो ।