close

नेपाल कुनै पनि देशको कार्ड बन्न सक्दैन : ओली

नेपाल कुनै पनि देशको कार्ड बन्न सक्दैन : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि देशको कार्ड बन्न नसक्ने बताएका छन् । 

मंगलबार पूर्वराजदूत समूहसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । छिमेकी देशहरूसँगको सम्बन्ध भरपर्दो र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । 

‘हामी हाम्रा छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्छ । बाहिर भन्ने एउटा र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । कुनै छिमेकीका विरुद्ध अरू कसैसँग भित्रभित्र साँठगाँठ गर्ने अनि बाहिर अर्कै कुरा गर्ने काम राम्रो होइन ।’

जनसंख्या र भौगोलिक रुपमा कुनै पनि देश सानो वा ठुलो हुने, तर सार्वभौमसत्ताका दृष्टिले सबै देशको हैसियत समान हुने बताउँदै उनले हीनताबोध राखेर मित्रता राख्नु नहुने बताए ।