close

विदेशमा रहेका नागरिकलाई पनि भोट हाल्ने व्यवस्था मिलाउन कांग्रेस महामन्त्रीद्वयको माग

विदेशमा रहेका नागरिकलाई पनि भोट हाल्ने व्यवस्था मिलाउन कांग्रेस महामन्त्रीद्वयको माग

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगसँग विदेशमा रहेका नेपालीलाई पनि मताधिकार प्रयोगका लागि व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार महामन्त्रीद्वय निर्वाचन आयोगै गएर सो माग गरेका हुन् ।

महामन्त्री शर्माका अनुसार सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका क्रममा यस विषयमा उहाँले सकारात्मकता देखाउनुभएकाले आफूहरू आज निर्वाचन आयोग आएको बताए ।

नेपालीको नोट चल्ने तर भोट पनि चल्नुपर्छ भन्ने मान्यतालाई स्थापितका लागि आफूहरू निर्वाचन आयोग पुगेको उनले बताए ।

यस्तै, उनीहरुले काठमाडौंमा भइरहेको मतदाता नामावली संकलनलाई पनि व्यवस्थित बनाउन आयोगलाई आग्रह गरेका छन् ।

आयोगमा निर्वाचनका लागि कानुन बनाउनेदेखि कार्यान्वयनका विषयमा पनि छलफल भएको महामन्त्री शर्माले पालिका खबरलाई जानकारी दिए ।