close

आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ  होइन : ओली

आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ  होइन : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन् ।

पूर्व राजदूतहरुको समूहसँग आज भएको छलफलमा पूर्व प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भूभाग हो,’  उनले भने, ‘कालापानीमा भारतीय फौज भएकाले त्यसभन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपाली प्रवेश गर्नै सकेनन् । यो यथार्थ हो । अहिले नेपालीले भन्न सकेनन् भने पनि अलिपछि भन्छन्, भन्नैपर्छ ।’